नेपाली मूलकी सिर्जना काफ्ले अमेरिकामा बाल्टिमोर काउन्टीको महिला आयोगको सदस्य पदमा नियुक्त भएकी छन्।
स्थानीय अनलाइनका अनुसार काउन्टी प्रमुख क्याथी क्लाजमायरले काफ्लेलाई यही जनवरी २३ तारिख अर्थात् फागुन ९ गते महिला आयोगको सदस्य पदमा नियुक्त गरेकी हुन्।
अमेरिकामा बाल्टिमोर नेपालीहरूको धेरै जनसंख्या भएको सहर हो।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) की क्षेत्रीय संयोजक सिर्जना नेपालमा रहँदा वुमन फर ह्युमन राइट भन्ने संस्थामार्फत महिला मानव अधिकारको क्षेत्रमा क्रियाशील थिइन्।
सन् २०१६ मा अमेरिका पुगेकी उनी हाल आफ्नो परिवारसहित बाल्टिमोरमा बसोवासरत छिन्।
114
Shares

प्रतिक्रिया