प्रवास


धादिङ समाज बेल्जियमको अध्यक्षमा दाहाल

धादिङ समाज बेल्जियमको अध्यक्षमा दाहाल

नेपालखबर
बैशाख ३, २०८३ बिहिबार १८:१९, काठमाडौँ

धादिङ समाज बेल्जियमको अध्यक्षमा रमेश दाहाल निर्वाचित भएका छन्। 

समाजको तेश्रो अधिवेशनले दाहाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। 

उत्तरी धादिङस्थित गंगाजमुना गाउँपालिका–७ गलनेका स्थायी बासिन्दा दाहाल सन् २०१२ देखि बेल्जियमलाई कर्मथलो बनाउँदै आएका छन्।

रेष्टुरेण्ट व्यवसायमा संलग्न दाहाल गैरआवासीय नेपाली संघ (एनआरएनए)  बेल्जियमको महासचिव र नेपाली व्यवसायिक संघ बेल्जियमका उपाध्यक्षको भूमिकामा पनि छन्। 

समाजको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद सिंखडा, उपाध्यक्षमा रुपेन्द्र दहाल र रमेश अधिकारी, महासचिव तेज अर्याल चयन भएका छन्। यस्तै सचिवहरुमा कविता सिम्खडा र रन्जना सिंखडा, कोषाध्यक्षमा गोपाल तमाङ, सह–कोषाध्यक्ष दीपकचन्द्र भट्ट छन्।

कार्यक्रममा बेल्जियमका लागि आवासीय नेपाली राजदूत सेवा लम्साल, गैरआवासीय नेपाली संघ (एनआरएनए) की उप–महासचिव अनुजा प्रधान, गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्षद्वय लोकेन्द्र नेपाल, कमल पन्थी, प्रवासी नेपाली मञ्च बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने र नेपाली व्यवसायिक संघका महासचिव काशी दनाई लगायत नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो। 

अध्यक्ष दाहालले समाजले आगामी दिनमा बेल्जियममा रहेका धादिङेली समुदायबीच एकता, सहयोग तथा सांस्कृतिक संरक्षणमा भूमिका खेल्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad