प्रवास


लन्डनमा जारी विश्व पर्यटन बजारमा नेपाल सहभागी, १८० राष्ट्रका ४५ हजार बढी पर्यटन व्यवसायीको सहभागिता

लन्डनमा जारी विश्व पर्यटन बजारमा नेपाल सहभागी, १८० राष्ट्रका ४५ हजार बढी पर्यटन व्यवसायीको सहभागिता

मगेन्द्र राई
कात्तिक २०, २०८२ बिहिबार १८:५२, बेलायत

बेलायतको राजधानी लन्डनमा भइरहेको विश्व पर्यटन बजार (डब्लूटीएम)-२०२५ मा नेपालले सहभागिता जनाएको छ।

नेपालका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पर्यटन  बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशी, पर्यटन बजार व्यवस्थापन महाशाखा प्रमुख रोहिणी खनाललगायत २७ नेपाली पर्यटन व्यवसायीले सहभागिता जनाएका छन्।

‘परिवर्तनशील संसारमा यात्राको पुनर्कल्पना’ भन्ने विषयवस्तुका साथ सञ्चालन भइरहेको यो ४५औँ संस्करणको इतिहासमै ठूलो कुम्भ मेलामा विश्वका १८० राष्ट्रका ४५ हजारभन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहेको छ।

पर्यटनअन्तर्गत एकीकृत गरिएको यो विश्वकै उत्कृष्ट पर्यटन मेला हो। यो मेला ४ नोभेम्बरदेखि चलिरहेको छ। जुन आज (६ नोभेम्बर) समापन हुनेछ।

यस मेलामा विविधता, समानता, पहुँच र समावेशीकरण, भू-अर्थशास्त्र, मार्केटिङ, दिगोपन र प्रविधि लगायतका विषय केन्द्रित रहेका छन्।

करिब ५ हजार प्रदर्शनी कक्षमार्फत विश्वभरका पर्यटन व्यवसायीले बिजनेस टु बिजनेस आफ्नो प्रचार-प्रसार र सम्पर्क स्थापित गर्दै सम्भावनाहरू आदानप्रदान गरिरहेका छन्।

यसबीच विभिन्न सेमिनार पनि सम्पन्न भएका छन्। नेपालको तर्फबाट कार्यकारी प्रमुख दिपकराज जोशीले सेमिनारमा सम्बोधन गरेका थिए। जोशीका अनुसार जेनजी आन्दोलनले छोटो समय पर्यटनमा गिरावट आए पनि बिस्तारै पिकअप लिइरहेको बताए।

बजार व्यवस्थापन महाशाखा प्रमुख रोहिणी खनालले यस्ता सहभागिताले पर्यटन रणनीति, लगानी उत्पादन, विकास र स्थानीय रूपमा मार्केटिङलाई सूचित गर्न रणनीतिक पाठ सिक्न सकिने बताए।

प्रदर्शनीमा विभिन्न देशले आ-आफ्ना संस्कृति प्रदर्शन गरेका थिए। नेपालले लाखे नृत्य प्रदर्शन गरेको थियो।

कार्यकारी प्रमुख दिपकराज जोशी र महाशाखा प्रमुख रोहिणी खनाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad