अपराध


पूर्वमिस नेपाल उषा खड्गीका पूर्वपति जीपी तिमिल्सिना पक्राउ

पूर्वमिस नेपाल उषा खड्गीका पूर्वपति जीपी तिमिल्सिना पक्राउ

नेपालखबर
चैत २४, २०८२ मंगलबार १७:२, काठमाडौँ

पूर्वमिस नेपाल उषा खड्गीका पूर्वपति जीपी तिमिल्सिना पक्राउ परेका छन्। 

मंगलबार तिमिल्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ। उनीविरुद्ध पूर्वमिस नेपाल खड्गीले उजुरी दिएकी थिइन्। 

तिमिस्लिनाले अभद्र व्यवहार गरेको र धाकमम्की दिएको भन्दै खड्गीले भक्तपुर प्रहरीमा उजुरी दिएकी थिइन्। खड्गीको उजुरीपछि सोमबार प्रहरीले दुवै पक्षलाई बोलाएर विवाद टुंग्याउने प्रयास गरेको थियो। 

छलफलबाट विवाद समाधान नभएपछि मंगलबार प्रहरीले तिमिल्सिनालाई पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी परिसर, भक्तपुरको हिरासतमा राखिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad