पूर्वाधार विकास मन्त्रालयका सचिवलाई धाकधम्की दिएको आरोपमा पक्राउ परेका उपेन्द्रबहादुर शाहीलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत, काठमाडौँले मंगलबार शाहीलाई थुनामा राख्न पहिलो पटक पाँच दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। कालिकोटका ३५ वर्षीय शाही भक्तपुरमा बस्दै आएका थिए।
उनले सोमबार मन्त्रालयमा गएर सचिव विश्वबाबु पुडासैनीलाई धम्क्याएको तथा अभद्रव्यवहार गरेको आरोप छ। सोमबार उनलाई मन्त्रालयबाटै प्रहरीले पक्राउ गरेको थियो।
उनले कर्मचारीको सरुवा र ठेक्का माग गर्दै कर्मचारी धम्क्याएको प्रहरीको दाबी छ। उनीविरुद्ध आपराधिक लाभको आरोप समेत छ।
1.1k
Shares

प्रतिक्रिया