अपराध


खोलामा बगिरहेको बोरामा भेटियो युवतीको शव

खोलामा बगिरहेको बोरामा भेटियो युवतीको शव

मृतकको बायाँ हातमा रहेको ट्याटु।


नेपालखबर
जेठ १६, २०८३ शनिबार १६:४४, काठमाडौँ

झापाको दमक नगरपालिका-१०, सेतुमाडीस्थित रतुवाखोलामा सेतो प्लास्टिकको बोरामा युवतीको शव भेटिएको छ। 

रतुवाखोलाको पुल मुनी प्लास्टिकको बोरामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ। प्रहरीका अनुसार, करिब ३०–३२ वर्षीय युवतीको शव भेटिएको हो। 

रातो भेस्ट, जिन्सको पेन्ट लगाएको युवतीको शव भेटिए पनि पहिचान खुलेको छैन। दुई–तीन दिन अघिदेखि नै पानीमा रहेकाले ढाडिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

डीएसपी खड्का अनुसार, मृतकको पहिचान खुल्न सकेको छैन। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, दमकका डीएसपीको नेतृत्वमा प्रहरी टोली खटिएको छ। 

मृतकको बायाँ हातमा ट्याटु रहेको छ। शवको पहिचानका लागि प्रहरीले सहयोग मागेको छ। कसैले पहिचान गर्न सकेमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad