अपराध


ब्राउन सुगरसहित एक युवक भारतमा पक्राउ

ब्राउन सुगरसहित एक युवक भारतमा पक्राउ

सुभाष कर्ण
जेठ १२, २०८३ मंगलबार १८:७, जनकपुरधाम

नेपाल-भारत सीमावर्ती क्षेत्र महोत्तरीको मठिहानीसँग जोडिएका भारतको बिहारस्थित मधुबनी जिल्लाको मधवापुर नजिकबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले एक नेपाली नागरिकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। 

लागूऔषध तथा मादक पदार्थ तस्करी नियन्त्रण अभियानका क्रममा एसएसबी ४८ जयनगरका बीएन कम्पनीका इन्सपेक्टर देवेन्द्र यादवको टोलीले नेपाल-भारत सीमा स्तम्भ नं. २९५/४ भन्दा ९५० मिटर भारतीय क्षेत्रबाट नेपाली नागरिकलाई पक्राउ गरेको हो। 

एसएसबीका अनुसार, पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–५, हरदियाका २५ वर्षीय आकाश मण्डल रहेका छन्। मधुबनीको शाहरघाटबाट मधेश प्रदेश ०२-००६ प ५१०४ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा एसएसबीले सुरक्षा जाँचका क्रममा सिगरेटको बट्टामा लुकाएर राखेको १० ग्राम ब्राउन सुगर भेटिएको हो। 

मण्डलले शाहरघाटको एक व्यक्तिबाट ब्राउन सुगर लिई महोत्तरीको जलेश्वरका सोनु भन्ने युवकलाई दिने गरी ल्याएको अनुसन्धानमा खुलेको एसएसबीले जनाएको छ। पक्राउ परेका आकाशको साथबाट दुई वटा मोबाइल र मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad