निर्माण


मुस्ताङलाई राष्ट्रिय राजमार्गमा जोड्ने लस्ती-बेनी सडक कालोपत्रे गरिँदै

मुस्ताङलाई राष्ट्रिय राजमार्गमा जोड्ने लस्ती-बेनी सडक कालोपत्रे गरिँदै

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार ७:९, काठमाडौँ

कालीगण्डकी कोरिडोर अन्तर्गत लस्ती-बेनी सडकखण्डमा कालोपत्रे गर्न थालिएको छ।

कालोपत्रे गर्न थालिएको यो मालढुङ्गा-बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो। बेनी-जोमसोम-कोरला सडक योजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईका अनुसार आज फर्सेदेखि बेनीतर्फको बाटो कालोपत्र गरिनेछ। ‘तेह्र किलोमिटर लामो मालढुङ्गा-बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा दुई किलोमिटर ढलान भइसकेको छ,’ उनले भने। 

यसअघि मालढुङ्गा-बेनी सडकअन्तर्गत पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गादेखि जलजला गाउँपालिका-८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर कालोपत्र भएको थियो। 

मालढुङ्गा-बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न २०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad