रुसको उफा क्षेत्रको बास्किर स्टेट मेडिकल युनिभर्सिटीमा एमबीबीएस डिग्री गरिरहेका एक भारतीय विद्यार्थी मृत फेला परेका छन्।
बीबीसी हिन्दीका अनुसार अलवर जिल्लाको लक्ष्मणगढ तहसीलका २२ वर्षीय अजित चौधरी यही नोभेम्बर ६ मा विश्वविद्यालयबाट अलि टाढा रहेको नदीमा मृत भेटिएका हुन्।
१९ दिनदेखि बेपत्ता उनको शव फेला परेको कुरा सोही विश्वविद्यालयका पूर्वविद्यार्थी जितेन्द्र गुर्जरबाट जानकारी पाएको पीडित परिवारले बताएको छ।
पछि रुसस्थित भारतीय दूतावासले फोनबाट घटनाबारे जानकारी गराएको छ।
तर अहिलेसम्म अजितको परिवारले उनको शव पाएको छैन।
छोराको मृत्युको खबरले अजितको किसान परिवार स्तब्ध भएको छ।

परिवारले अजितको हत्या भएको आशंका गरेको छ र उनको शवलाई सकेसम्म चाँडो भारत फिर्ता ल्याउन सरकारलाई अपिल गरेको छ।
150
Shares

प्रतिक्रिया