पूर्व अर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई धन्यवाद दिएका छन्।
‘मैले अर्थमन्त्रीका रुपमा आर्थिक वर्ष ०८१/०८२ को बजेटमार्फत अर्थतन्त्रमा देखिएका दीर्घकालीन चुनौती समाधान गरी नयाँ चरणको आर्थिक सुधारको लक्ष्य हासिल गर्ने सम्बन्धमा अध्ययन गर्न ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’ गठनको घोषणा गरेको थिएँ,’ पुनले भनेका छन् ‘उक्त घोषणाअनुसार निवर्तमान अर्थमन्त्री रामेश्वर खनाल नेतृत्वमा गठित आयोगले तयार पारेको प्रतिवेदनको सुझावका आधारमा आर्थिक विकासका लागि अवरोधकका रुपमा विद्यमान १५ वटा असान्दर्भिक ऐन र राजश्व अनुसन्धान विभाग खारेज गर्ने निर्णय गर्नुभएकामा नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हार्दिक धन्यवाद र बधाई दिन चाहन्छु।’
उनले पूर्वअर्थमन्त्री र हालको प्रतिनिधिसभा सदस्यका रुपमा मुलुकको आर्थिक विकासका लागि सरकारले गर्ने सत्प्रयासमा रहने पनि बताएका छन्।
2.3k
Shares

प्रतिक्रिया