ब्लग


बेलायती युनिभर्सिटीमा नेपाली कथावस्तुमाथि छलफल

बेलायती युनिभर्सिटीमा नेपाली कथावस्तुमाथि छलफल

नेपालखबर
असोज ६, २०७६ सोमबार ४:५,

कथा र किंवदन्ती भन्ने/सुन्ने चलन मानव सभ्यताको विकासस“गै सुरु भएको मानिन्छ।

कथाले विभिन्न समयमा त्यतिखेरको समाज र जिवनको चित्रण देखाउन मद्दत गर्छ। हामी हर दिन हर पल कथा नै त भनिरहेका हुन्छौं, कहिले आफना जिवनका गाथा, त कहिले साथीसंगिनी र समाजका कथा, व्यथा।

राम्रा तथा मार्मिक कथाले हाम्रो मानसपटलामा गहिरो छाप पारेको हुन्छ। केटाकेटीमा सुनेका कथा हामी पछिसम्म पनि सम्झिरहन्छौं। कतिपय कथा त जिन्दगीभर भूल्नै सकिँदैन । हामीले सुनेका कथाले हामीलाई कुनै न कुनै रुपमा प्रभाव पारेकै हुन्छ। कहिले काहीँ त कथाले मनमष्तिस्क मात्र होइन, जिन्दगीको मोड नै बदलिदिन्छ।

हिजोआज कथाका विभिन्न परिधि, रुप र आयामहरु विकास भएका छन्। कथा सुन्ने र भन्ने चलन साहित्यमा मात्र सिमित नभएर शिक्षा र अनुसन्धानका विभिन्न विधाहरुमा पनि प्रयोग हुन थालेको छ। खास गरि कथालाई जनचेतना जगाउने सहज र सरल माध्यमको रुममा प्रयोग गर्न थालिएको छ।

जनस्वास्थ्यको क्षेत्रमा कथा, किंवदन्ती, लोक श्रुति, वार्ता, आख्यानहरुको प्रयोग बढ्दो छ। कथालाई सूचना र संचारको एउटा सशक्त माध्यम मानिन्छ। कथाको प्रयोग कहिले समस्या केलाउनको लागि गरिन्छ, त कहिले समस्या समाधानका लागि। कुनै घटना, अनुभव र सत्य, तथ्यमा आधारित रहेर विभिन्न विषयवस्तुलाई सहज ढंगबाट वर्णन गर्ने माध्यमको रुपमा कथावस्तुको प्रयोग हुन थालेको छ।

बेलायतको ससेक्स विद्यालयले खाडी मुलुकमा कार्यरत आप्राबासीहरुको स्वास्थ्य अनुसन्धानमा कथावस्तुको प्रयोग बारे बुधवार एक विचार गोष्ठीको आयोजना गरेको थियो।

विश्वविद्यालयकी सिनियर लेक्चरर प्रियंवदा पौड्यालले राम्रो र सशत्त कथावस्तुले मानिसलाई उत्प्रेरित गर्नुका साथै उनीहरुको व्यवहारमा पनि परिवर्तन ल्याउन सक्ने बताइन्। उनले भनिन्, ‘कथाले सत्य, तथ्य घटनालाई सुुन्दर ढंगबाट प्रस्तुत गरेर मानिसको भित्री गहिराईसम्म पुर्याउँछ। कथाले बोकेको सकरात्मक संदेशले मानिसको मन छुने मात्रै हैन उसको व्यवहरमा परिवतर्न ल्याउछ।’

‘हामी जनस्वास्थकर्मीको दायित्व भनेको मानिसलाई रोग लागे पछि उपचार गर्ने भन्दा पनि रोग नै लाग्न नदिने हो, त्यो सचेतता जगाउन कथावस्तुको भूमिका महत्वपूर्ण हुन्छ’ पौड्यालले भनिन्। नेपालमा जनस्वास्थ्यको क्षेत्रमा यस किसिमको अनुसन्धान नौलो भएको उनको भनाई छ।

केन्ट विश्वविद्यालयका प्रोफेसर डेभिड हर्डले बेलायतमा रहेका शरणार्थीहरुको व्यक्तिगत अनुभवलाई कथाको माध्यमबाट प्रस्तुत गर्न खोजेको बताए। प्रोफेसर हर्डले भने ‘बेलायतमा रहेका सिरियाली, इराकी र अन्य शरणार्थीहरुले यो देशमा आउन धेरै दुख कष्ट भोगेका छन्, तर उनीहरु आफना बारेमा कसैसँग मनका कुरा भन्न चाहँदैनन्। उनीहरुसँग लामो पैदल यात्रा गर्दै उनीहरुका मनका वहलाई हामीले कथामा उतारेका छौं। यी श्रोतहरु शरणार्थी अनुुसन्धानमा महत्वपूर्ण कदम मानिने छन्।’

यस्तै त्रिभुवन विश्वविद्यालयका अंग्रेजी विभागका प्रोफेसर जिवलाल सापकोटाले नेपाली साहित्यिक श्रोतहरुले विदेश गएका नेपाली कामदारहरुको स्वास्थ्य समस्यालाई कसरी प्रस्तुत गरेका छन् भन्ने कुरा बुधागत रुपमा समेटेर सश्लेषण र विश्लेषण गरेको बताए।

उनले भने, ‘नेपाली साहित्यमा पीडा, व्यथा, निराशा, वियोग, दमन र कुण्ठाको चित्रण बढी पाइएको छ भने खुशी र सफलताका कथाहरु कमै मात्रामा प्रस्तुत गरेको पाइन्छ।’

ससेक्स विश्वविद्यालयकी अंग्रेजी विभागका रिडर डा.मिनोली सालगोडाले श्रीलंकाको गृहयुद्ध पीडितका बारेमा आफनै कथासंग्रह ‘बाह्र घरका चिच्याहट’बाट एउटा दर्दनाक कथा प्रस्तुत गरेकी थिइन्।
सो कथाले श्रीलंकाको गृहयुद्धको सुक्ष्म र सशक्त चित्रण गरेको छ। उनले भनिन्, ‘हामीले युद्ध पीडितसँगै साक्षात वार्तालाप गरेर यी कथाहरु लेखेका हौं।’

यसैगरी कार्यक्रममा सो विश्वविद्यालयका रिडर साहाडुज जमानले बेलायतमा रहेका बंगलादेशी आप्राबासीहरुको पहिचान र समस्याहरु उजागर गरेका थिए। उनी आफैँले बेलायतमा भोगेका कुराको संस्मरण सुनाउँदै विभिन्न सांस्कृतिक समस्याहरु अैँल्याए।

बेलायती सेनाका लेप्mटिनेंट कर्णेल टोल खाम्चाले गोरखालीको रुपमा बेलायती सेनामा काम गरेको ३८ वर्षको आफनो अनुभव सुनाए। त्यसक्रममा उनले आप्रावासी गोरखालीहरुले बेलायतमा भोग्नु परेका समस्याहरु पोखे। उनले भने ‘गोरखाली भनेको कुनै जाती विशेष नभएर सदियाैँदेखि पुर्खाहरुले युद्ध लडेर आर्जेको सम्मानजनक पेशा हो।’

यस्तै ग्रीन तारा नेपालका जनस्वास्थ्यका वरिष्ठ अनुसन्धानकर्ता शारदाप्रसाद वस्तीले खाडीमा विदेशीएका नेपाली आप्रावासीहरुसँग स्वास्थ्य समस्या बारे गरिएको खोजमुलक वार्तालापको संक्षिप्त निचोड प्रस्तुत गरेका थिए।

उनले विदेशमा गएका नेपालीहरुको स्वास्थ्य वीमा नभएका कारण अशक्त भएर आफनो घर खेत नै गुमाउनु पर्ने स्थिति रहेको बताए। खाडी जाने नेपालीहरुमा चोटपटक, दुर्घटना, सरुवा रोग र मानसिक रोग मुख्य समस्या रहेको उनको भनाई थियो।

यस्तै ग्रीन तारा नेपालका अर्का अनुसन्धानकर्ता पिमला न्यौपानेले विभिन्न स्वास्थ्य समस्याहरुलाई मध्ये नजर गर्दै त्यसको समाधानका लागि साहित्य र स्वास्थ्य विधाको संयुक्त प्रयोजन गरिएको बताईन्। उनले भनिन्, ‘अबको हाम्रो कदम भनेको जनचेतनामूलक कथा समाग्री तयार गर्ने हो।’

कार्यकक्रममा सहभागि लिभरपुल जोनमोर युनिभरसिटीमा डिन प्रोफेसर पदम सिंखडाले खोजमुलक अनुुसन्धानले देखाएको रिर्पोटबाट सरकारको नीति निर्माणमा पहुँच पुर्याउनु पर्नेमा जोड दिए।

कार्यक्रममा ससेक्स विश्वविद्यालयका प्रोफेसर क्यारोल वाट्सले कथात्मक शैलीका अनुुुुसन्धानको क्षेत्र ज्यादै फराकिलो भएको बताइन्। प्रोफेसर वाट्सले भनिन्, ‘विभिन्न इतिहास, युद्ध, जनजीवन, संस्कृति, आप्रवासीदेखि लिएर जनस्वास्थ्यमा पनि यो कथात्मम शैलीको अनुसन्धान शैक्षिक क्षेत्रमा झन् चुनौतीपूर्ण बन्दै गएको छ ।’

उनीले यस्ता अनुसन्धानहरुलाई बढावा दिनुपर्ने बताइन्। ‘हामीले जोखिमहरु व्यहोर्दै नयाँ कुराको प्रयास गर्नु पर्छ,’ वाट्सले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad