ब्लग


गगन थापा, नारायण वाग्ले पक्राउ पर्ने दिन नआउला भन्न सकिन्न

गगन थापा, नारायण वाग्ले पक्राउ पर्ने दिन नआउला भन्न सकिन्न

श्रवण मुकारुङ
माघ ३०, २०७७ शुक्रबार १४:१९,

श्रष्टाले सुन्दर कुरा बोल्नका लागि सुन्दर वातावरण हुनुपर्छ। तर सरकारले सधैँ आक्रोसित, विद्रोही, रिसाउनुपर्ने अवस्थामा हामीलाई पुर्याएको छ। हामी फूलको कविता लेखेर इन्ज्वय गर्नुपर्ने मान्छेहरु हौं।

जूनको कविता लेखेर, मानिसहरु मुस्कुराएको वर्णन गरेर बाँच्नुपर्ने कविलाई शोषण, अन्याय, विभेद, निरंकुशताविरुद्ध आफै लाग्नुपर्ने मात्रै होइन, ‘लङमार्च’ गर्नुपर्ने अवस्थामा पुर्याइयो।

श्रष्टा सधैं वाक स्वतन्त्रताको पक्षमा हुन्छौं। हाम्रो पहिलो हतियार नै बोली, शब्द, रङ र अभिनय हो। यिनै माध्यमबाट हामी अभिव्यक्त गर्छौ।

बोलेकै भरमा हिजो एकजना युवा नेतालाई पक्राउ गरियो। त्यो तर्साएको हो। हामीलाई पनि तर्साउन खोजेको हो। यस्तै हो भने भोलि गगन थापा, पर्सि नारायण वाग्ले पक्राउ पर्ने दिन नआउला भन्न सक्दैनौं।

खतराहरुविरुद्ध अहिले संगठित हुनुपर्ने बाध्यता हो। सरकारले जे गरिरहेको छ, त्यो गलत छ। संविधानविपरित छ। आमजनताले ल्याएको व्यवस्थाविरुद्ध सरकार लागिरहेको छ। कमरेड केपी ओलीको सरकार प्रतिदिन, प्रत्येक पल प्रतिगमन र अधिनायकका रुपमा स्थापित हुने काम गरिरहेको छ। त्यसविरुद्ध अझै एग्रेसिभ (आक्रामक) भएर अगाडि बढ्नुपर्छ।

अहिलेको प्रतिगमनप्रति साह्रै रिस उठेको छ। तर कविले रिस उठाउँदैन। कविताबाट भन्छ। बोल्न पाएँ भन्दैमा ओलीले जस्तो हामीले पनि जे पायो त्यो बोल्न भएन। मलाई पनि २६ सय १३ वटा उखान टुक्का आउँछ तर म जता पायो त्यतै बोल्ने गर्दिनँ।

उखान टुक्का भनेको हाम्रा पुर्खा, अग्रजहरुले जीवन संघर्षबाट निर्माण गरेको सत्य हो। त्यो वाणीलाई मिसयूज (दुरुपयोग) गर्ने? टुक्का भन्न, कविता भन्न, गीत भन्न प्रधानमन्त्रीलाई पठाएको होइन। त्यो हामी भन्छौं। त्यो सीप हामीमा छ। हाम्रो जागिर खोस्ने?

उनलाई सविधानमा के लेखेको छ, त्यसको अक्षरशः पालना गर्न पठाएको हो। जनताको सेवा गर, दिनदुखीको मर्म बुझ भनेर जनताले पठाएको हो।

(कवि मुकारुङ नेपाली लेखक संघ अध्यक्ष हुन्)

भिडिओः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad