बागमती


ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु, सहचालक घाइते

ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु, सहचालक घाइते

मंगलबार बिहान त्रिशूलीमा खसेको ट्रक


नेपालखबर
चैत १२, २०८१ मंगलबार १०:४४, हेटौँडा

मुग्लिन-नारायणगढ सडकखण्डाअन्तर्गत चितवनको भरतपुरमहानगरपालिका-१९ चौधकिलो भन्ने स्थानबाट आज (मंगलबार) बिहान कोइला बोकेको ट्रक त्रिशूलीमा खसेको छ।

आज बिहान ६:३५ बजेतिर उक्त स्थानबाट ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ भने दुर्घटनामा परी सहचालक घाइते छन्।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई त्रिशूलीमा खसेको र ट्रकको सिटमा च्यापिएको अवस्थामा रौतहटको सखुवा बस्ने अन्दाजी ३०/३५ वर्षका चालक रामनायारण यादवको उपचारका क्रममा मृत्यु भएको हो।

घाइते अवस्थमा फेला परेका उनलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएकामा उपचारकै क्रममा बिहान ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रवीन्द्र घिमिरेले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा घाइते भएका रौतहटको गरुडा नगरपालिका-५ बस्ने १९ वर्षका असुन्द्रकुमार यादवको उपचार भइरहेको छ।

टाउको र दुवै हातगोडामा चोट लागेका यादवको भरतपुरकै नयाँ मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी घिमिरेले जानकारी दिए।

ट्रक दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जुगेडीबाट प्रहरी नायब निरीक्षक ठाकुर प्रसाद पनेरु नेतृत्वको टोली खटिएको थियो।

टोलीले चालक र सहचालकलाई उद्धार गरी सरकारी अस्पताल भरतपुर पठाएको थियो।

प्रहरीका अनुसार दुर्घटनाका कारण ट्रक क्षतिग्रस्त भएको छ। ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको देखिने डीएसपी घिमिरेले बताए।

उनका अनुसार उक्त दुर्घटनाग्रस्त ट्रकलाई निकाल्ने प्रयास भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad