सुनको मूल्य आज थप घटेको छ। चाँदीको मूल्य भने आज पनि स्थिर छ।
सोमबारको मूल्यमा प्रतितोला २ सय रुपैयाँ घटेर सुनको भाउ आज एक लाख ७३ हजार तीनसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ घटेर एक लाख ७३ हजार पाँचसय रुपैयाँ कायम भएको थियो।
गत साताको बुधबार अहिलेसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्य त्यसयताका चारदिन लगातार घट्दै आएको छ।
गएको बुधबार सुनको मूल्य एक लाख ७६ हजार रुपयाँ पुगेको थियो। यो मूल्य आजसम्मकै सबैभन्दा धेरै हो।
महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ। आइतबार प्रतितोला १५ रुपैयाँ घटेर तोलाको एक हजार नौसय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य हिजो र आज पनि सोही मूल्यमा स्थिर छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको थियाे।
Shares

प्रतिक्रिया