बागमती


मकवानपुरमा अवैध भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ

मकवानपुरमा अवैध भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ

नेपालखबर
माघ ९, २०८१ बुधबार १७:३२, हेटौँडा

मकवानपुरको मनहरीमा अवैध भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुर, राक्सिराङ गाउँपालिका वडा न–१ गडुवानका ५२ वर्षीय जीतबहादुर थिङ रहेका छन्। थिङलाई भरुवा बन्दुक काँधमा बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो।

पक्राउ पश्चात थिङको साथबाट प्रहरीले भरुवा बन्दुक १ थान, फलामका गोलाकार बेरिङ १३ थान, लाम्चो आकारका फलामका वस्तु ३३ थान, बारुद जस्तो देखिने पाउडर ३०५ ग्राम, ढुंगाको जस्तो देखिने वस्तु २४ थान र खुकुरी १ थान बरामद गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका थिङमाथि हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad