कोशी


पोखरेलविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता, ७ वर्ष कैद माग

पोखरेलविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता, ७ वर्ष कैद माग

नेपालखबर
माघ ९, २०८१ बुधबार १७:३९, काठमाडौँ

ठगीको आरोपमा पक्राउ परेका अनिलकुमार पोखरेलविरुद्ध मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले ठगी मुद्दामा जिल्ला अदालत मोरङमा बुधबार दिउँसो पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो।

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव पोखरेललाई सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) द्वारा निषेधित ऐनको उपदफा (२) बमोजिमको कसुर अपराध गरेको अभियोग लगाएको छ।

निज प्रतिवादीलाई सोही ऐनको दफा २४९ को उपदफा (३) को देहाय (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी अभियोगमा गरिएको मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

‘आज ढिलो गरी अभियोग दर्ता हुन आएको छ,’ उनले भने, ‘पतिवादीसँग बिहीबार बया भएपछि थुनछेक बहस हुनेछ।’

पुस २५ गने ठगीको आरोपमा पक्राउ परेका पोखरेलले एमबिबिएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad