बागमती


ह्वात्तै घट्यो काठमाडौँको न्यूनतम तापक्रम

ह्वात्तै घट्यो काठमाडौँको न्यूनतम तापक्रम

नेपालखबर
पुस ११, २०८१ बिहिबार १०:१२, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बिहीबार) ह्वात्तै घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार बुधबार ६.७ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियसमा झरेको हो।  

पश्चिमी वायुको प्रभाव कम भएसँगै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै घटेको हो।

मौसमविद्का अनुसार राति मौसम बदली भई आकाशमा बादल लाग्यो भने न्यूनतम तापक्रम बढ्छ भने राति आकाश सफा रह्यो भने घट्छ। 

हेर्नुहोस् सूची (नोट: न्यूनतम आजका हुन् भने अधिकतम हिजाेका हुन्)-

२४ घण्टामा सबैभन्दा कममा झरेको तापक्रमलाई न्यूनतम र सबैभन्दा माथि जतिसम्म उक्लिन्छ, त्यसलाई अधिकतम तापक्रम भनिन्छ।

सामान्यतया हरेक दिन न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम ५:४५ बजे मापन हुन्छ। यसैले आजको अधिकतम तापक्रम भने साँझ आउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad