हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।
यतिबेला (बिहीबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधरणतया बदली छ। बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिनभरि मुलुकका अधिकांश भेगमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।
आज राति भने देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज बिहान तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा कुहिरोको सम्भावना रहेकोले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसबाट हुनसक्ने जोखिमबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ।
117
Shares

प्रतिक्रिया