बागमती


काठमाडौँमा आज यो वर्ष लागेयताकै चिसो

काठमाडौँमा आज यो वर्ष लागेयताकै चिसो

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर २५, २०८१ मंगलबार ९:४९, काठमाडौँ

काठमाडौँ उपत्यकामा आज (मंसिर २५ गते) यस वर्ष (२०८१) अन्तर्गत अहिलेसम्मकै चिसो भएको छ।

मौसम पूर्वानुमान महाशाखाको तापक्रम विवरणअनुसार काठमाडौँको न्यूनतम तापक्रम आज यस वर्षको अहिलेसम्मकै कम ५.५ डिग्री सेल्सियसमा झरेको हो।  

यसअघि यो वर्षभित्र काठमाडौँको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियससम्म मात्र झरेको थियो। 

यही डिसेम्बर १ देखि नेपालमा हिउँद लागेको छ। त्यसैले चिसो बढिरहेको हो।

काठमाडौँमा यस वर्ष पहिलो हिउँदे वर्षा सोमबार भएको थियो। 

त्यसैले तापक्रम घट्दै चिसो बढेको हो। 

मौसम महाशाखाको सूचीमा आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा -६.१ डिग्री सेल्सियस छ।  

महाशाखाका अनुसार आज डडेल्धुराको न्यूनतम तापक्रम पनि माइनसमा झरेको छ। आज बिहान त्यहाँको न्यूनतम तापक्रम -०.१ डिग्री सेल्सियसमा झरेको महाशाखाले जानकारी दिएको छ।  

हेर्नुहोस् देशभरको तापक्रम विवरण (नोटः न्यूनतम आजैका हुन् भने अधिकतम तापक्रम हिजोका) :

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। 

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। त्यसैले आजको अधिकतम तापक्रम भने साँझ मात्र आउनेछ। 

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad