लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो अर्धशतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी चितवन राइनोजविरुद्धको खेलमा रोहितले १४.१ ओभरमा ४३ बलमा अर्धशतक पूरा गरेका हुन्। ४३ बलमा उनले २ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे।
पोखराविरुद्धको अघिल्लो खेलमा रोहितले ९५ रन बनाएका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको लुम्बिनीले १५ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १ सय १ रन बनाएर खेलिरहेको छ।
183
Shares

प्रतिक्रिया