काठमाडौँमा यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार सोमबार काठमाडौँ उपत्यकामा छिटपुट वर्षा भएको हो।
यो वर्षको हिउँदयाम सुरु भएयता काठमाडौँमा पहिलोपटक पानी परेको हो। यही डिसेम्बर १ देखि नेपालमा विन्टर अर्थात् हिउँदयाम लागेको हो।
‘आज दिउँसो/अपराह्न काठमाडौँ उपत्यकाका सबै स्थानमा त होइन, कतै कतै फाटफुट पानी पर्यो, यसलाई हिउँदे वर्षा भन्न सकिन्छ’, मौसमविद् मानन्धरले भनिन्।
वर्षा भएसँगै आज काठमाडौँ उपत्यकाको तापक्रम पनि आइतबारभन्दा घटेको छ।
मौसम महाशाखाको विवरणअनुसार आज (सोमबार) उपत्यकाको अधिकतम तापक्रम १८.८ डिग्री सेल्सियस छ भने न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस छ।
आज काठमाडौँ उपत्यकासँगै देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात भएको महाशाखाले जनाएको छ। जसका कारण चिसो बढेको छ।
Shares

प्रतिक्रिया