बागमती


गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदका लागि १६ जनाको उम्मेदवारी, स्वतन्त्र उम्मेदवार नै ९ जना

गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदका लागि १६ जनाको उम्मेदवारी, स्वतन्त्र उम्मेदवार नै ९ जना

नेपालखबर
मंसिर २, २०८१ आइतबार १९:५९, हेटौंडा

मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदमा १६ जनाले मनोनयन दर्ता गराएका छन्।

७ जना राजनीति दल र ९ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्। जसमा नेकपा माओवादी केन्द्रबाट निमलेकी शेर्पाले मनोनयन दर्ता गराएकी छन् भने नेकपा एमालेबाट उमा लुङ्गेली मगर शेर्पाले उम्मेदवारी दर्ता गराएकी छन्।

यस्तै, नेपाली कांग्रेसबाट पासदिकी शेर्पा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोमा श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट रविना खड्का, राप्रपाबाट मनकुमारी श्रेष्ठ र जनता समाजवादी पार्टीबाट सपना कार्की खड्काको उम्मेदवारी परेको हो।

यस्तै, स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा अप्सरा विश्वकर्मा, अम्विका श्रेष्ठ, दिपक तामाङ, दिलबहादुर बस्नेत, द्धारिका बुढाथोकी, पुष्पा कार्की, मधुरा कार्की, शिव शम्भु तमाङ र सर्किमा शेर्पा रहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad