ad ad

अटो


माज्डाको नयाँ कारको बुकिङ खुल्यो, कति छ मूल्य?

माज्डाको नयाँ कारको बुकिङ खुल्यो, कति छ मूल्य?

नेपालखबर
असोज ६, २०७७ मंगलबार ६:३५,

जापानी प्रिमियम ब्राण्ड माज्डाको एसयूभी मोडलको बुकिङ खुलेको छ।

पारामाउन्ट मोटर्सले डिलर लिएपछि पहिलोपटक माज्डाको कारको बुकिङ खुल्ला गरेको हो।

माज्डा सीएक्स ५ र सीएक्स ९ को बुकिङ खुल्ला गरेको पारामाउन्ट मोटर्सले जनाएको छ।

माज्दा सीएक्स ५ सुरुवाती मूल्य १ करोड २५ लाख ९० हजार रहेको छ भने सीएक्स ९ को १ करोड ६३ हजार ४९ हजार मूल्य तोकेको छ।

यसअघि माज्डाका गाडी पद्मश्री मोटर्सले बिक्री गर्दै आएको थियो। गत चैतमा यसको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले लिएपछि बुकिङ खुलेको जनाएको छ।

कोभिड १९ कारण केही ढिला भएको कम्पनीको भनाइ छ। प्यारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले नयाँ गाडी आउन भने समय लाग्ने बताए।

‘माज्डाका नयाँ गाडी २०२१ को सुरुवातमा मात्रै ग्राहकको हातमा पुर्याउन सक्छौँ’, अर्यालले भने ।

अहिले बुकिङ गरेको गाडी २०२१ को सुरुवातमा मात्रै पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .