राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशन आगामी वैशाखमा गर्ने भएको छ।
मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख २५–२८ मा महाधिवेशन गर्ने निर्णय गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार बैठकले राप्रपाको विधानलाई कायम गर्दै आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै बैठकले लामो समयदेखि विवादमा रहेको चुनाव चिन्ह पनि टुंग्याएको छ। नेता श्रेष्ठका अनुसार राप्रपाको झण्डामा गाई हुनेछ भने पार्टीकाे चुनाव चिन्ह हलो हुने बैठकले निर्णय गरेको छ।
3
Shares
प्रतिक्रिया