काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित विभिन्न वर्कशपका लागि शुल्क तोकेको छ।
आर्थिक वर्ष २०७७/०७८ को आर्थिक विधेयकअनुसार महानगरभित्रका सवारीसाधन वर्कशपको करको दर सार्वजनिक गरिएको हो।
प्रस्तावित विधेयकअनुसार हेभी भेहिकल ट्रक, लरी, बस, मिनीबस मर्मत तथा बडी निर्माणका वर्कशपले २५ हजार कर बुझाउनुपर्नेछ भने सर्भिसिङ सेन्टरले ५० हजार कर तिर्नुपर्नेछ।
त्यस्तै, साना सवारीसाधनहरु कार, भ्यान, जिप वर्कशपले १५ हजार तिर्नुपर्नेछ भने सर्भिस सेन्टरले ५० हजार नै तिर्नुपर्नेछ।
मोटरसाइकल मर्मत तथा सर्भिस सेन्टरले ५ हजार कर तिर्नुपर्नेछ भने मोटलसाइकलका कम्पनीको आधिकारिक मर्मत तथा सर्भिस सेन्टरले १५ हजार कर तिर्नुपर्नेछ।
त्यसैगरी साइकल मर्मत केन्द्रले १ हजार कर तिर्नुपर्ने व्यवस्था गरिएको छ भने हेभी इक्विप्मेन्टका वर्कशपले २५ हजार तिर्नुपर्ने आर्थिक विधेयकमा रहेको छ।

प्रतिक्रिया