बाइक


लकडाउनलगत्तै नेपाल आउँदै एम्पियर इलेक्ट्रिक स्कुटर

लकडाउनलगत्तै नेपाल आउँदै एम्पियर इलेक्ट्रिक स्कुटर

नेपालखबर
असार ११, २०७७ बिहिबार ८:३८,

ग्रिभ्स कटन लिमिटेडको इलेक्ट्रिक स्कुटर ब्रान्ड एम्पियर लकडाउनलगत्तै नेपाल आउने भएको छ। भारतीय बजारमा २० प्रतिशतभन्दा बढी बजार हिस्सा रहेको एम्पियर इलेक्ट्रिकलाई डीएसएम ग्लोबलले नेपाल ल्याउनलागेको हो।

‘नेपालका लागि एम्पियरको डिलर नियुक्त हुनपाउँदा हामी खुसी छौं’, डीएसएम ग्लोबलका प्रबन्धनिर्देशक देवस्वरुप महर्जनले भने, ‘हामीलाई विश्वास छ, विद्युतीय सवारीसाधनमा ग्रिभ्स कटनले हासिल गरेको दक्षता र अनुभवबाट हामी वातावरणमैत्री र दीर्घकालीन परिवहनको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनसक्नेछौं।’

‘नेपाल सरकारले अहिले ‘न्यु एन्ड क्लिन इनर्जी भेहिकल’लाई प्रोत्साहन दिने नीति लिएको छ। तसर्थ ग्रिभ्स कटन र हामीबीचको साझेदारी ग्राहक र वातावरण दुवैका लागि फाइदाजनक हुनेछ’, उनले अगाडि भने, ‘हामी पनि नेपाल सरकारले जारी गरेको निर्देशनको पालना गरिरहेका छौं र लकडाउन हटेपछि मात्र स्कुटरको डेलिभरी थाल्नेछौं। तथापि हामी अहिले नै अनलाइन बुकिङ लिनथालिसकेका छौं।’

कोभिडपछि छोटो यात्राका लागि इलेक्ट्रिक स्कुटरहरुको प्रयोग बढ्ने अपेक्षा गरेको पनि उनले बताए। अझ यी स्कुटरमा इन्धन र मर्मत खर्च नगन्य हुने भएकाले इलेक्ट्रिक स्कुटरको लोकप्रियता उच्च हुने अनुमान गर्न सकिन्छ। पेट्रोल पम्पहरुमा भीडभाड गरी लाइन बस्न नपर्ने, पैसाको आदानप्रदान हुने र सामाजिक दूरी पनि कायम हुने भएकाले इलेक्ट्रिक स्कुटर बढी सुरक्षित हुनेछन्। साना तथा मझौला व्यापार व्यवसायहरुका लागि त इ–स्कुटर वरदान समान हुनेछन्।

यी स्कुटरहरुको अपेरेटिङ र रनिङ कस्ट भएका कारण इ–कमर्समा डेलिभरी स्कुटरका रुपमा बढी प्रयोग हुने अपेक्षा डीएसएम ग्लोबलले गरेको छ।
एम्पियर इलेक्ट्रिक भारतमा तीव्र गतिमा विस्तार भइरहेको इभी ब्रान्ड हो जसले पारम्परिक पेट्रोल स्कुटरको तुलनामा ८५ देखि ९० प्रतिशतसम्म खर्च बचाउँछ। सार्वजनिक भएको छोटो समयमै भारतमा ५० हजारभन्दा बढी एम्पियर इलेक्ट्रिक स्कुटर बिक्री भइसकेका छन् भने दुई सयभन्दा बढी आउटलेट स्थापना भइसकेको छ।

सन् २००८ मा पहिलोपटक भारतमा सार्वजनिक भएको एम्पियर इलेक्ट्रिकलाई गत वर्ष ग्रिभ्स कटन लिमिटेडले खरिद गरेको थियो। डीएसएम ग्लोबलले हाललाई रियो र जिल मोडेलका एम्पियर इस्कुटर नेपाल ल्याउने तयारी गरेको छ। यीदुवै लिथियम–आयन ब्याट्री–पावर्ड छन् ।

एम्पियर जिलभारतमानिकै चर्चित हाई स्पिड मोडेल हो । यसको टप स्पिड ५५ किलोमिटर प्रति घन्टा र माइलेज ७५ किलोमिटर रहेको छ । यसमा डिजिटल डिस्प्ले, पोर्टेबल ब्याट्री प्याक जस्ता फिचर छन् । यसमा ६० भोल्ट पर ३० एम्पियर आवर क्षमताभएको लिथियमआयन ब्याट्री र १२०० वाट को मोटर जडान गरिएको छ ।

एम्पियर रियोइन्ट्रि–लेभल स्कुटर हो जसको टप स्पिड २५ किलोमिटर प्रति घन्टा र माइलेज ५५ देखि ६५ किलोमिटर रहेको छ । ४८ भोल्ट पर २४ एम्पियर आवर क्षमताभएको लिथियमआयन ब्याट्री र २५० वाटको मोटर रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad