अटो


स्कुटर खरिद गर्दै हुनुहुन्छ? यस्ता छन् कम्पनीका अफर

स्कुटर खरिद गर्दै हुनुहुन्छ? यस्ता छन् कम्पनीका अफर

नेपालखबर
असार ११, २०७७ बिहिबार ८:१६,

करिब ३ महिना व्यापार ठप्प भएको अटो व्यवसायीले विभिन्न आकर्षक अफरहरु ल्याएका छन्। दुई पांग्रे र चारपांग्रे बिक्री गर्ने धेरै कम्पनीले अफर ल्याएका छन्।

कोभिड १९ को संक्रमण सार्वजनिक यातायातमा फैलिने सम्भावना हुने र त्यसको लागि दुई पांग्रे सवारी उपयुक्त भएको भन्दै व्यवसायीले स्कुटर चढ्न चाहनेका लागि आकर्षक अफर ल्याएका हुन्।

नेपालमा स्कुटरको बिक्रीमा बजार हिस्सा धेरै भएका टीभीएस, होन्डा, यामाह, भेस्पा तथा अप्रिलाले विभिन्न अफर ल्याएका हुन्।

टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले शून्य प्रतिशत डाउनपेमेन्ट स्किममा स्कुटर खरिद गर्न सकिने स्किम ल्याएको छ।

ग्राहकले दुई वर्षको बीमा शुल्क, कर्जाबापतको सर्भिस चार्ज र नामसारीबापतको लाग्ने शुल्क मात्रै तिरेर स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

टीभीएस एनटर्क रेस एडिसन किन्दा मासिक ८ हजार ८ सय ३ रुपैयाँ किस्ता तिर्नुपर्नेसहितको स्किम ल्याएको छ।

त्यसैगरी होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले लकडाउनको मोडालिटी परिवर्तन हुनुभन्दा पहिला नै नयाँ अफर सार्वजनिक गरेको थियो।
कम्पनीले १ रुपैयाँ डाउन पेमेन्ट, १ प्रतिशत ब्याज र १ रुपैयाँ मासिक किस्ताको अफर गरेको छ।

एक रुपैयाँ डाउन पेमेन्टमा डिओ किन्ने ग्राहकले सुरुमा नै बीमाबापतको रकम तिर्नुपर्ने हुन्छ। तीन वर्षको लागि कर्जा दिने भएकाले बीमाबापत शुल्क तिर्नु पर्छ।

त्यस्तै भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता दुगड ब्रदर एन्ड सन्स प्रालिले कोभिड–१९ को विश्वव्यापी महामारीपछि ग्राहकलाई केही सहुलियत प्रदान गर्न नगद छुटसहित स्कुटरको लागि आवश्यक सामग्री दिने बताएको छ।

कम्पनीले भेस्पा र अप्रिलियामा नगद ५ हजार रुपैयाँ छुट र हेल्मेट, फुट म्याट, स्कुटर कभर, किरिङजस्ता मर्चेन्टडाइज उपलब्ध गराउने बताएको छ। यसको अलावा दुई वर्षको सडक दस्तुर पनि कम्पनीले नै तिरिदिने अफर गरेको छ।

नेपालका लागि यमाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कुटर खरिदमा शून्य प्रतिशत फाइनान्स स्किम ल्याएको छ।

यो स्किमअन्तर्गत ग्राहकले तीन वर्ष अवधिका लागि शून्य डाउन पेमेन्टमा यमाहाका जुनसुकै स्कुटर खरिद गर्न सकिने बताएको छ। ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा यमाहाका स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ। त्यस्तै कम्पनीले सबै प्रकारका स्कुटरहरुमा १० हजार रुपैयाँ नगद छुट समेत व्यवस्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad