अटो


विद्युतीय सवारीसाधनमा कर वृद्धिः नेपाल न्यु इनर्जी भेहिकल एसोसिएसनको विरोध

विद्युतीय सवारीसाधनमा कर वृद्धिः नेपाल न्यु इनर्जी भेहिकल एसोसिएसनको विरोध

नेपालखबर
जेठ १८, २०७७ आइतबार ६:१९,

आगामी वर्षको बजेटमा विद्युतीय सवारीसाधनको करमा गरिएको भारी वृद्धिप्रति नेपाल न्यु इनर्जी भेहिकल एसोसिएसनले विरोध जनाएको छ।

एसोसिएसनले विज्ञप्ति जारी गर्दै सिंगो राष्ट्र विद्युतमा आत्मनिर्भर हुँदै आएको अवस्थामा नेपाली जनतामाझ लोकप्रिय हुँदै आएको विद्युतीय सवारीसाधनमाथि हाल प्रस्तुत गरिएको बजेटले नेपाल सरकार स्वयंले अवलम्बन गरेको विद्युतीय सवारीसाधन प्रोत्साहन नीतिविरुद्ध रहेको बताएको हो।

विद्युतीय सवारीसाधनमाथिको सम्पूर्ण कर वृद्धिको निर्णय यथाशीघ्र फिर्ता लिन एसोसिएसनले नेपाल सरकार तथा अर्थ मन्त्रालयसमक्ष माग गरेको छ।

यसअघि विद्युतीय सवारीसाधनमा १० प्रतिशत भन्सार लाग्दै आएकोमा अब ४० प्रतिशत भन्सार लाग्नेछ। पहिलाका वर्षमा अन्तःशुल्क नलाग्ने विद्युतीय सवारीमा अब गाडीको किलोवाटको आधारमा ८० प्रतिशतसम्म लाग्ने भएको छ। त्यस्तै सडक दस्तुरमा पनि ४ प्रतिशतबाट बढाएर ५ प्रतिशत बनाइएको छ।

विद्युतीय मोटर र इन्धन दुवै भएका हाइब्रिड गाडीमा ८० प्रतिशत भन्सार लाग्ने आर्थिक विधेयकमा उल्लेख छ।

अटो व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसनले पनि विद्युतीय गाडीमा लगाएको अत्यधिक कर फिर्ता हुनुपर्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad