बाइक


यमाहाको फेसिनो १२५ स्कुटर नेपालमा, मूल्य २ लाख ४७ हजार

यमाहाको फेसिनो १२५ स्कुटर नेपालमा, मूल्य २ लाख ४७ हजार

नेपालखबर
जेठ १८, २०७७ आइतबार ६:२३,

नेपालको लागि यमाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज प्रालिले क्लासिक युरोपियन स्टाइलको फेसिनो १२५ स्कुटर नेपालमा सार्वजनिक गरेको छ। अल न्यू फसिनोमा १२५ सीसी एफआई बीएस ६ इन्जिनमा सार्वजनिक भएको हो।

उक्त स्कुटरको मूल्य २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकिएको छ।

पुरानो फेसिनोको तुलनामा सशक्त छ भने यसको पावर क्षमतामा ३० प्रतिशत वृद्धि भएको कम्पनीले दाबी गरेको छ।

९९ केजी तौल भएको फेसिनो एफआई बीएस ६ इन्जिनले इन्धनको बचत समेत १६ प्रतिशत ज्यादा गर्छ। यसमा रहेको नयाँ विशेषताहरु र प्रविधिहरुका साथसाथै फेसिनो १२५एफआईको बनावट क्लासिक युरोपियन स्टाइलमा रहेको छ।

फेसिनो १२५ एफआई नेपाली बजारमा विभिन्न ५ रङ्गहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

लकडाउनका कारण स्कुटर अनलाइनमार्फत बुकिङ गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad