समाज


गण्डकी प्रदेशमा थप ३ जनालाई कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ३ जनालाई कोरोना संक्रमण

नेपालखबर
जेठ १८, २०७७ आइतबार ६:१३,

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। 

योसँगै प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ पुगेको छ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आइतवार स्याङ्जाका २ तथा तनहुँका १ जनामा संक्रमण पुष्टि भएको हो। 

स्याङ्जाको गल्याङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका २७ र ४० वर्षका २ जना तथा तनहुँको ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २८ वर्षका १ जना पुरुषमा आइतबार कोरोना संक्रमण देखिएको हो। 

गण्डकी प्रदेशको बाग्लुङ्गमा ८, स्याङ्गजामा ७, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ६ र म्याग्दी, तनहुँ र लमजुङमा १-१ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ३ जना निको भइ घर फर्किसकेका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad