सन् २०२५ सम्म विद्युतीय सवारीको लागि मात्रै विश्वमा वार्षिक एक हजार ‘गिगावाट आवर’ क्षमताका ब्याट्री आवश्यक पर्ने भएको छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले २०२५ सम्म विद्युतीय गाडीको उत्पादन र प्रयोग बढ्ने भन्दै एक हजार गिगावाट आवर क्षमताका ब्याट्री आवश्यक पर्ने बताएको हो।
विश्वमा हाल विद्युतीय गाडीको लागि ब्याट्रि उत्पादनको टे«न्ड बढ्दै गएको बताएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी(आईईए)का अनुसार विद्युतीय गाडीको लागि हाल वार्षिक ३२० गिगावाट आवर ब्याट्री उत्पादन गर्ने क्षमता रहेको छ।
सफा र स्वच्छ वातावरणका लागि विश्व विद्युतीय गाडीको युगमा जाँदै छ। त्यसको लागि अहिलेसम्म भएका अनुसन्धानले ब्याट्रीलाई उपयुक्त मानेको छ।
विद्युतीय गाडीमा प्रयोग भइरहेको लिथियम आयनको ब्याट्रीको मूल्यमा हालैका वर्षमा गिरावाट समेत आएको छ। विश्वका धेरै देशले विद्युतीय गाडीलाई प्रवर्द्धन गर्नको लागि ब्याट्रीलाई सस्तो बनाउन लागेका हुन्।
भारतको नीति आयोगले अबको दुई वर्षमा भारतमा विद्युतीय गाडीको लागि मात्रै ५० गिगावाट आवर ब्याट्री आवश्यक पर्ने उल्लेख गरेको छ।
पेट्रोलियम पदार्थले विश्वमा जलवायु परिवर्तनमा नराम्रो प्रभाव पारेको भन्दै जलविद्युत्, सौर्य ऊर्जा अथवा नवीकरणीय ऊर्जालाई प्राथमिकता दिनुपर्नेमा बहुसंख्यक देश सहमत रहेका छन् ।
नेपालले पनि विद्युतीय सवारीलाई प्राथमिकता दिने भन्दै भन्सारमा छुट दिएको छ भने बैंकबाट विद्युतीय ऋणमा सहुलियत दिएको छ।
नेपालमा विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न राष्ट्रिपति, ऊर्जामन्त्री, विद्युत प्राधिकरणका प्रबन्धनिर्देशक विद्युतीय गाडी चढे पनि भौतिक पूर्वाधारको कमीले विद्युतीय गाडीको माग न्यून मात्रै रहेको छ।

प्रतिक्रिया