नवलपरासी पूर्वका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपरासी पूर्वको देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बिहीबार मध्यान्ह एक विज्ञप्ति प्रकाशित गर्दै संक्रमित व्यक्ति स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताएको छ।
योसँगै नेपालमा संक्रमितको संख्या २४६ पुगेको छ भने ३५ जना उपचारपछि घर फर्किसकेका छन्।

प्रतिक्रिया