समाज


मेक्सिकोमा मिसावटयुक्त विषालु मदिराको सेवनबाट ४२ जनाको मृत्यु

मेक्सिकोमा मिसावटयुक्त विषालु मदिराको सेवनबाट ४२ जनाको मृत्यु

नेपालखबर
जेठ १, २०७७ बिहिबार ७:२९,

राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरु ११ जना जीवनमरणको दोशाँधमा रहेका छन्।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ स्थानीय सरकारले जनाएको छ।

मिसावटयुक्त मदिरा विषालु भएपछि मानिसहरुमा वान्ता हुने र टाउको दुख्ने समस्याबाट ग्रसित भएका थिए।

स्थानीय अधिकारीहरुका अनुसार कोरोना भाइरस महामारीका कारण बजारमा बियर र अरु प्रशोधित मदिरा पाइन छाडेको छ। त्यही कारण मानिसहरुले मिसावटयुक्त मदिरा सेवन गरेको बताइएको छ।

गत महिना पनि अखाद्य मदिरा सेवन गरेका कारण पश्चिमी जालिस्को प्रान्तमा २१ जनाको मृत्यु भएको थियो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad