ad ad

अटो


बीएसआईभी र बीएसभीआईसम्बन्धी टाटा गाडीको तालिम सम्पन्न

बीएसआईभी र बीएसभीआईसम्बन्धी टाटा गाडीको तालिम सम्पन्न

नेपालखबर
बैशाख २, २०७७ मंगलबार १०:११,

टाटा मोटर्सको नेपालको लागि एक मात्र अधिकारक बिक्रेता सिप्रदी टेडिङ्ग प्रालिले आफ्ना कर्मचारीहरुको लागि अनलाइनमार्फत तालिम कार्यक्रम सञ्चालन गरेको छ।

उक्त बीएसआईभी र बीएसभीआईसम्बन्धी तालिम टाटा मोटर्स नेपाल र टाटा मोटर्स भुटान गरेर ५६ कर्मचारीहरुको सहभागितामा रहेको थियो। यस तालिमलाई अन्तर्रा्ष्ट्रिय ट्रेनर तथा कमिन्स इन्जिन इनिडयाका विज्ञ श्रीनिवास सिंहले टाटा मोटर्सको सहयोगमा भारतबाट सञ्चालन गरेका थिए। सो तालिम माइक्रोसफ्टको टीम्स भन्ने एपको प्रयोगबाट भएको थियो।

दुई दिने तालिममा बीएसआईभीको गाडीहरुको प्राविधिक तथा सैद्धान्तिक ज्ञान विस्तृत रुपमा दिएको थियो भने निकट भविष्यमा आइरहेका बीएसभीआई गाडीहरुको भने परिचित कार्यक्रम रहेको थियो। यस अटो प्राविधिक प्रशिक्षण कार्यक्रममा ग्राहक सेवा विभागमा कार्यरत आधिकारिक सर्भिस सेन्टर र वर्कशपमा संलग्न प्राविधिकहरुले सहभागिता जनाएको कम्पनीले जनाएको छ।

छोटो सन्देश दिदैं सिप्रदी टाटा मोटर्स कमर्शियल गाडीका ग्राहक सेवा प्रमुख साम्देन लामाले भने, ‘टाटा मोटर्सलाई धेरै धन्यवाद दिन चाहन्छु । म लगायत मेरो सम्पूर्ण टिमलाई यो लकडाउनको बेलामा समयको सदुपयोग हुनुको साथ साथ अब आउने प्रबिधीको बारेमा महत्वपूर्ण जानकारीहरु पनि प्राप्त भयो ।’

यसका साथै सिप्रदीले हालै सरकारद्वारा जारी गरिएको लकडाउनको नियम पालना गर्दै आकस्मित सेवा प्रदान गर्दै आएका सवारी साधनहरुको लागि २४सै घण्टा सेवा दिइरहेको छ। हालसम्म १६० आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारीसाधनहरु सेवा दिइ सकेको कम्पनीले जनाएको छ।

केही परि आएको अवस्थामा १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गरेर २५ स्थानबाट सेवाका लागि परिचालित कम्पनीको डेडिकेटेड अधिकारीहरूलाई फोन सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .