ad ad

समाज


दक्षिण कोरियाको निर्वाचन अगाडि उत्तरले गर्‍यो क्षेप्यास्त्र परीक्षण

दक्षिण कोरियाको निर्वाचन अगाडि उत्तरले गर्‍यो क्षेप्यास्त्र परीक्षण

नेपालखबर
बैशाख २, २०७७ मंगलबार १०:४,

दक्षिण कोरियाको संसदीय निर्वाचन अगाडि उत्तरले क्षेप्यास्त्र परीक्षण गरेको द न्युयोर्क टाइम्सले जनाएको छ।

दक्षिण कोरियामा बुधबार ३ सय सिटका लागि निर्वाचन हुँदैछ। दक्षिण कोरियाली सेनाका अनुसार उत्तरले मुन्चोन शहरबाट सि अफ जापानतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो।

हाल विश्व कोरोना प्रकोपका कारण प्रभावित छ। दुखको समयमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्न नुहने दक्षिण कोरियाले बताउँदै आएको छ।

तर अलोचनाबीच उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरिरहेको छ। उत्तरले मंगलबार प्रहार गरेको क्षेप्यास्त्रहरुले १५० किलोमिटरको दुरी तय गरेको बताइएको छ।

हालसम्म उत्तर कोरियामा कोरोना संक्रमति नदेखिएको उत्तरको दाबी छ। विश्व स्वास्थ्य संगठनले पनि उत्तरमा हालसम्म कोरोना संक्रमित नभेटिएको पुष्टि गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .