ad ad

अटो


पारामाउन्ट मोटर्सले माज्डाका गाडी पनि बेच्ने

पारामाउन्ट मोटर्सले माज्डाका गाडी पनि बेच्ने

नेपालखबर
बैशाख २, २०७७ मंगलबार १०:१८,

पद्मश्री ग्रुपबाट खोसिएको माज्डा ब्रान्डको डिलर अब पारामाउन्ट मोटर्सले पाउने भएको छ। लकडाउन खुलेपछि डिलर हस्तान्तरणको प्रक्रिया अगाडि बढ्ने भएको हो।

पारामाउन्ट मोटर्स हाल नेपालका लागि एमजी गाडीको समेत वितरक रहेको छ । पारामाउन्ट मोटर्स विशाल ग्रुप अन्तर्गतको कम्पनी हो । विशाल ग्रुपले नेपाली अटोमोबाइल बजारमा धेरै ब्रान्डको कारोबार गर्दै आइरहेको छ ।

योभन्दा पहिले पद्मश्रीले नेपाली बजारमा माज्दाका गाडी बिक्री–वितरण गरिरहेको थियो । महंगा प्रिमियम गाडीको ब्रान्ड माज्दाको कारोबार पहिले अपेक्षाकृत हुन नसकेकोले नयाँ डिलरको खोजी कम्पनीले गरेको थियो ।

माज्दाका चार मोडल नेपाली बजारमा उपलब्ध थिए । यी मध्ये सीएक्स–३ क्रसओभरको मूल्य १ करोड २५ लाख, सीएक्स–५ एसयूभीको मूल्य १ करोड ६५ लाख, माज्डा ६ सेडानको मूल्य १ करोड ४५ लाख र माज्दा ३ सेडानको मूल्य ९० लाख रुपैयाँ रहेको छ ।
विशाल ग्रुपले फोर ह्विलरमा फक्सवागन, रेनो र एमजी गाडी बिक्री वितरण गरिरहेको छ ।

त्यसैगरी टु ह्विलरमा सुजुकी बाइक बिक्री वितरण गरिरहेको छ भने लुब्रिकेन्टमा भिडोल र मोटुल लुब्रिकेन्ट बिक्री वितरण गरिरहेको छ । त्यसैगरी कोबेल्को हेभी इक्विपमेन्ट पनि यही ग्रुपले बिक्री वितरण गरिरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .