राजनीति


कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरसको र्‍यापिड टेष्ट गरिने

कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरसको र्‍यापिड टेष्ट गरिने

नेपालखबर
चैत २२, २०७६ शनिबार १५:३१,

सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोभिड १९ अर्थात् कोरोना भाइरसको र्‍यापिड टेष्ट गर्ने भएको छ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रमण देखिएका कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको हो। ती जिल्लामा ठूलो संख्यामा कोरोना भाइरसको नमुना परीक्षण गर्ने र शंका लागेकालाई पीसीआर प्रविधिबाट पुनः परीक्षण गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता, अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए।

संक्रमितको संख्या बढ्दै जाँदा सरकारले लकडाउनलाई अझ कडा बनाउँदै एउटा प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला तथा एउटा स्थानीय तहबाट अर्को स्थानीय तहबीचको आवागमनलाई रोक्ने निर्णय गरेको छ।

त्यसैगरी स्वास्थ्यकर्मीहरुको मनोबल वृद्धि गर्नका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिनुको साथै स्वास्थ्य सुरक्षाका उपकरणहरु यथासम्भव छिटो उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ। उपचारको क्रममा स्वास्थ्यकर्मी माथि बाधा उत्पन्न गराउने तथा स्वास्थ्यकर्मीको सुरक्षामा आच पुर्याउने काम भए त्यस्ता व्यक्तिलाई कारवाही गरी स्वास्थ्यकर्मीको सुरक्षाको उचित व्यवस्था मिलाउन स्थानीय सरकारलाई भनिएको छ।

त्यसैगरी, सजाय निर्धारण गर्ने समितिमा बाहिरका विज्ञ व्यक्ति राख्ने व्यवस्था अनुसार सरकारले रविन्द्र भट्टराई र कुन्साङ लामालाई नियुक्त गर्ने गरेको छ।

अपराध पीडित संरक्षण समितिमा विज्ञ रहने गरी डाक्टर शंकर कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad