टीभीएस भारतले बीएस ६ मापदण्डमा आधारित जुपिटरको स्पेसिफिकेसन सार्वजनिक गरेको छ। कम्पनीले स्कुटर लञ्च गर्नुअघि स्पेसिफिकेसन सार्वजनिक गरेको हो।
स्ट्यान्डर्ड, जेटएक्स र क्लासिकलगरी ३ मोडलका स्कुटर ल्याउने बताएको छ। जसमा स्ट्यान्डर्ड भेरियन्टको ६१ हजार ४४९, जेटएक्सको ६३ हजार ४४९ र क्लसिक भेरियन्टको ६७ हजार ९११ भारतिय रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
टीभीएस जुपिटर १०९ सीसीको सिंगल सिलिन्डरमा रहेको छ। यसले ७.३ बीपीएच र ८.४ एनएम टर्क जेनेरेट गर्छ। स्कुटरको इन्धन क्षमता ५ लिटर बाट ६ लिटरमा बढाइएको बताइएको छ।
एनटर्कको पावर र टर्क पनि सार्वजनिक
टीभीएसले बीएस ६ मापदण्डमा भारतीय बजारमा सार्वजनिक गर्ने स्कुटर एनटर्कको पावर र टर्क सार्वजनिक गरेको छ।
१२४.८ सीसीको सो स्कुटरले ७००० आरपीएममा ९.२५ एचपी पावर र ५,५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ। यसको अन्य पक्षबारे भने अझै खुलाएको छैन।
टीभीएस एनटर्क रेस एडिसन स्कुटर नेपाली बजारमा समेत निकै नै लोकप्रिय छ।

प्रतिक्रिया