एनटर्क १२५ को रेस एडिसनको नेपाली बजारमा बुकिङ्ग खुलेको छ। टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुकिङ्ग खुल्ला भएको जानकारी दिएको छ।
स्कुटरमा स्मार्ट एक्सकनेक्ट द्धारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिने कम्पनीले बताएको छ। जसको मुल्य २ लाख ४६ हजार ९ सय रुपैयाँ तोकेको छ।
रेस एडिसन खरिद गर्न चाहाने ग्राहकले नेपाली भरि रहेको टीभीएसको आधिकारीक शोरुममा सम्पर्क गरेर बुकिङ गर्न सक्नेछन्। टीभीएस एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ। यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ।
एनटर्क १२५ फेसलिफ्ट नयाँ एलइडी सेटअपमा रहेको छ। हाल हेलोजीन हेडल्याम्प रहेको स्कुटरमा अझै धेरै भिजिवलिटी सहितको नयाँ डिजाइनको एलइडी हेडल्याम्पमा दिइएको हो।
एनटर्कको रेगुलर मोडलमा रहेको टी सेप टेलल्याम्पलाई नयाँ मोडलमा समेत निरन्तरता दिइएको छ।
Shares

प्रतिक्रिया