अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा नेपालका साना तथा मझौला व्यवसायका लागि एउटै एन्ड्रोइड एप सञ्चालन हुने भएको छ।
नेपाली सोलुसन नामक एप १ जनवरी २०२० मा लन्च हुने छ। यो एपमा डेढ सय वटाभन्दा बढी विभिन्न किसिमका व्यवसायको जानकारी पाउन सकिने छ।
करिब ५० हजार साना तथा मझौला व्यवसायीहरुलाई एउटै एप भित्र समेट्ने प्रयास गर्नेछ।
व्यवसायको किसिम हेरी तीन सयदेखि एक हजार रुपैयाँसम्म दर्ता शुल्क लाग्ने एप निर्माता फ्युजन ग्रुप अफ कम्पनीले जनाएको छ।
प्रतिक्रिया