ad ad

अटो


जीपीएक्सको साटफेर मेला: पुराना बाइककाे मूल्यांकन ३० हजारदेखि हेरी हेरी!

जीपीएक्सको साटफेर मेला: पुराना बाइककाे मूल्यांकन ३० हजारदेखि हेरी हेरी!

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार १२:२२,

थाइल्यान्डको मोटरसाइकल ब्राण्ड जीपीएक्सको मेगा एक्सचेन्जमा मेला ललितपुरमा सुरु भएको छ। जीपीएक्सको आधिकारिक बिक्रेता ओमेगाले एकान्तकुनाको आफ्नै शोरुममा मेगा एक्सचेन्ज मेला सञ्चालन सुरु गरेको हो।

कात्तिक महिनाभर चल्ने मेलामा मुख्य आकर्षणको चल्दै नचल्ने बाइकलाई समेत न्यूनतम ३० हजार रुपैयाँ मूल्यांकन गरिने कम्पनीले जनाएको छ। कम्पनीका बिजनेस प्रमुख सञ्जय नाथ झाका अनुसार उपभोक्ताले शोरुममा ल्याएको बाइकको कम्तीमा ३० हजारदेखि कण्डिसन हेरेर अधिकतम रकम मूल्यांकन गरिनेछ।

कम्पनीका अनुसार बिल बुक नवीकरण नभई वर्षौंदेखि थन्किएर बसेका पुराना बाइकलाई एक्सचेन्ज गर्ने यो सुनौलो अवसर रहेको छ। ‘जीपीएक्स बाइक खरिदमा अन द स्पट फाइनान्स सुविधा समेत उपलब्ध रहेको छ। त्यसैगरी प्रत्येक बाइकको एक्सचेन्जमा आकर्षक उपहार पनि राखिएको कम्पनीले बताएको छ।

झाले नेपालका युवाले खोजेजस्तो पावर र स्टाइलमा जीपीएक्सका बाइक उपलब्ध भएकाले नेपाल भित्रिएको छोटो समयमै लोकप्रिय भएको बताए। नेपाली बजारमा युवाहरुलाई लक्षित गरी जीपीएक्सका छवटा बाइक उपलब्ध रहेका छन्। जीपीएक्सले जेन्टलमेन सिरिजलाई थप परिष्कृत गर्दै रेसर २०० बाइक ल्याएको छ। यसमा १९७ सीसी क्षमताको इन्जिन जडान गरिएको छ।

त्यस्तै बढी पावर र अलग स्टाइलको बाइक रुचाउने युवालाई लक्षित गरी रेजर २२० ल्याएको छ। यसमा २ सय २३ सिसीको इन्जिन जडान गरिएको छ। त्यस्तै आठ हजार पाँच सय आरपीएममा २१.८ बीएचपी पावर दिन्छ।
उत्पादक कम्पनीले लिजेण्ड १५० बाइक सार्वजनिक गरेको छ। यसमा १४९ सिसीको इन्जिन जडान गरिएको छ। इलेक्ट्रिक प्रणालीबाट स्टार्ट हुन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .