World Cup 2026


फ्रान्सविरुद्ध ४ वर्षअघिको बदला लिने दाउमा मोरक्को

फ्रान्सविरुद्ध ४ वर्षअघिको बदला लिने दाउमा मोरक्को

लक्ष्मी जि.सी
असार २५, २०८३ बिहिबार १७:२, काठमाडौँ

फिफा विश्वकप २०२६ को पहिलो क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को भिड्दै छन्। बोस्टनमा हुने खेल मध्यराति पौने २ बजे हुनेछ।

सन् २०२२ को कतार विश्वकपमा सेमिफाइनल खेलेका यी दुई टोली यो पटक भने क्वार्टरफाइनलमा नै भिड्न लागेका हुन्। त्यसैले आज मध्यराति हुने खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ। 

सन् २०२२ मा फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै फाइनल पुगेको थियो। फ्रान्सको जितमा पाँचौँ मिनेटमा थियो हर्नान्डेज र ७९औँ मिनेटमा रान्डाल कोलो मुआनीले गोल गरेका थिए। फ्रान्ससँग पराजित मोरक्को भने तेस्रो स्थानका लागि क्रोएसियासँग खेलेको थियो। 

तेस्रो स्थानको खेलमा क्रोएसियासँग पराजित हुँदै मोरक्को चौथो भएको थियो। विश्वकपको सेमिफाइनलमा पुग्दै इतिहास रचेको मोरक्को यो पटक पनि क्वार्टरफाइनल पुग्ने एक्लो अफ्रिकन टोली हो।

क्वार्टरफाइनलमा फ्रान्सविरुद्ध मैदान उत्रिँदा मोरक्को फरवार्ड स्माइल साइबरीविना हुनेछ। शनिबार प्रिक्वार्टरफाइनलमा क्यानडाविरुद्ध ३–० ले जित निकालेको खेलमा साइबरीले २२औँ मिनेटमा मैदान छाडेका थिए।

ह्यामस्ट्रिङ इन्ज्युरीका कारण उनी उपचारमा नै व्यस्त छन्। उनको स्थानमा सुफियान राहिमी मैदान आउन सक्नेछन्। किन कि उनी घाइते हुँदा उनको स्थान राहिमीले लिएका थिए।

साइबरीविना मोरक्कोलाई केही गाह्रो पर्नेछ। उनले नेदरल्यान्ड, ब्राजिल, स्कटल्यान्ड, हाइटीविरुद्ध गोल गरेका थिए। 

यता फ्रान्सेली खेलाडी माइकल ओलिसले पाएको पहेँलो कार्डको निर्णयविरुद्ध गरेको अपिल फिफाले अस्वीकार गरेको छ। त्यसको जानकारी फ्रान्सेली प्रशिक्षक डीडीएर डेसच्याम्पले दिएका छन्। पाराग्वेविरुद्ध फ्रान्सको खेलमा ओलिसलाई पहेँलो कार्ड दिइएको थियो। 

त्यसकारण आजको खेलमा पहेँलो कार्ड पाएमा ओलिसले यदि फ्रान्स आजको खेलमा विजयी भएमा सेमिफाइनल खेल गुमाउनेछन्। मोरक्कोविरुद्ध आज उनले सतर्क भएर खेल्नुपर्नेछ।  

मिडफिल्डर ओरेलियन चुआमेनी र फरवार्ड माक्र्युस थुरान आजको खेल खेल्न सक्नेछन्। ओरेलियन चुआमेनीले पाराग्वेविरुद्धको खेल गुमाएका थिए। 

यसअघि सन् २००७ मा भएको मैत्रीपूर्ण खेलमा २–२ को बराबरी, १९९९ को मैत्रीपूर्ण खेलमा १–० ले फ्रान्स विजयी भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad