World Cup 2026


फिफा वरीयताका शीर्ष ४ टोली पुगे विश्वकप सेमिफाइनलमा

फिफा वरीयताका शीर्ष ४ टोली पुगे विश्वकप सेमिफाइनलमा

नेपालखबर
असार २८, २०८३ आइतबार १३:५, काठमाडौँ

फिफा विश्वकप २०२६ मा शीर्ष ४ वरीयतामा रहेका टोलीहरु नै अन्तिम ४ अर्थात् सेमिफाइनलमा पुगेका छन्। 

फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेका हुन्। 

ताजा फिफा विश्व वरीयताअनुसार फ्रान्सले २ स्थान सुधार गर्दै पहिलो स्थानमा छ। उसले १९४८.९७ अंक पाएको छ। त्यसैगरी अर्जेन्टिना १९४३.४७ अंकसहित दोस्रो, १९३४.७९ अंकसहित स्पेन तेस्रो र १८८९.४२ अंकसहित इंग्ल्यान्ड चौथो वरीयतामा छ। 

विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोलाई हराएको फ्रान्सको अबको भेट सेमिफाइनलमा स्पेनसँग र स्विट्जरल्यान्डलाई हराएको अर्जेन्टिनाको अबको भेट सेमिफाइनलमा इंग्ल्यान्डसँग तय भएको छ। 

आगामी बुधबार र बिहीबार राति हुने ती दुई खेलले तेस्रो स्थान र फाइनलमा भिड्ने टोलीको टुंगो लाग्नेछ। तेस्रो स्थानका लागि आगामी आइतबार राति २ः४५ बजे र उपाधिका लागि सोमबार बिहान १२ः४५ बजे खेल हुनेछ। 

जारी विश्वकपमा ४८ टोली सहभागी भएकामा ४४ वटा बाहिरिएका छन्। त्यसैगरी १०४ खेलमध्ये १०० वटा सकिएको छ। अमेरिका, मेक्सिको र क्यानडाले यो विश्वकपको आयोजना गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad