सुदूरपश्चिम


महाधिवेशन प्रतिनिधि बन्नबाट रोकिएका पालिका अध्यक्षले छोडे एमाले

महाधिवेशन प्रतिनिधि बन्नबाट रोकिएका पालिका अध्यक्षले छोडे एमाले

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १६:३०, कञ्चनपुर

बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले एमाले परित्याग गरेको घोषणा गरेका छन्।

आसन्न ११ औँ महाधिवेशनमा प्रतिनिधिमा असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जाल (फेसबुक)मा स्टाटस लेख्दै पार्टी छोडेको घोषणा गरेका हुन्। 

महाधिवेशन प्रतिनिधिका आकांक्षी चन्दलाई प्रतिनिधि बन्नबाट रोकिएको थियो। त्यसपछि असन्तुष्ट उनले फेसबुकमा बैतडीबाट प्रतिनिधित्व गर्ने एमाले नेता दामोदर भण्डारी र लीलाधर भट्टविरुद्ध चर्को आलोचना गरिरहेका छन्।

०४७ सालमा एमालेमा आबद्ध भएका चन्द शिक्षण पेशा छोडेर राजनीतिमा होमिएका थिए। पञ्चेश्वर गाउँपालिकामा चन्द दुई कार्यकाल अध्यक्षमा निर्वाचित भएका थिए।

जिल्ला नेतृत्वले यहाँका जनप्रतिनिधिहरू र पार्टी कार्यकर्ताहरूबीच द्वन्द्व सिर्जना गराएर पालिका चाहेको काम गर्न नदिएको आरोप उनले लगाए।

‘मेरो लोकप्रियता, भूगोल र हाइटले छटपटाएर अनेकौं जालझेल र तानाबाना बुनिरहे। पार्टीबाट निष्कासन गर्ने दुष्प्रयास पनि भए। पार्टी प्रतिनिधि हुन नदिने त्यसैको उदाहरण हो,’ उनले लेखेका छन्।

एमालेभित्रको चरम गुटबन्दी, चाकरी चापलुसी झोले प्रथाले उकुसमुकुस हुने गरेको बताउँदै उनले आन्तरिक लोकतान्त्रिकरणको पक्ष तथा निरंकुशताविरुद्ध लडेपनि नसकेको उनले उल्लेख गरेका छन्।

बैतडीमा १५ जना प्रतिनिधि सहमतिमा छानिएका छन्। खुल्लातर्फ सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र बहादुर पाल, चक्रबहादुर कार्की, नरेन्द्र बिष्ट, पुष्करराज जोशी, लोकेन्द्र भण्डारी र रामसिंह पुजारा प्रतिनिधि चयन भएका छन्। 

महिलातर्फ धाना धामी, सकुन्तला साउद, पार्वती कार्की र सरस्वती कोली, दलिततर्फ नरेश कुमार विश्वकर्मा, सरस्वती नेपाली, बलभद्र दयाल र कालुराम सार्की तथा युवातर्फ गोविन्द्र गिरी प्रतिनिधि छानिएका छन्।  

एमाले बझाङमा लफडा: प्रतिनिधि छनोटमा असन्तुष्टि पोख्दै पठाइयो अर्को लिस्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad