राजनीति


रास्वपालाई ठूलो शक्ति बन्न कसैले रोक्न सक्दैन : प्रकाशचन्द्र परिवार

रास्वपालाई ठूलो शक्ति बन्न कसैले रोक्न सक्दैन : प्रकाशचन्द्र परिवार

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १६:२४, काठमाडौँ

आउँदो निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई देशकै ठूलो शक्ति बन्न कसैले रोक्न नसक्ने विवेकशील साझा पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले बताएका छन्। 

रास्वपा र विवेकशील साझाको एकता घोषणा सभालाई सम्बोधन गर्दै परियारले जनता र देशको गाह्रोसाह्रो चिर्न एकता गरिएको बताए। परम्परागत राजनीतिक दलका कारण जनता र देश समस्या परेको आरोप लगाउँदै परियारले भने, ‘गाह्रो चिर्न एकता गरेका हौं।’

दुवै दलको एकता देखेर परम्परागत शक्तिको टाउको दुखेको उनको भनाइ थियो। ‘हाम्रो एकता देखेर परम्परागत दलको टाउको दुखेको छ। टाउकै दुखाउनकै लागि आएका हौं,’ उनले भने। 

अब परम्परागत शक्तिलाई पन्छाएर रास्वपालाई देशकै ठूलो शक्ति बनाउनुपर्ने उनको भनाइ थियो। यसका लागि दुवै पार्टीको एकताले बल दिएको बताउँदै परियारले भने, ‘अब रास्वपालाई ठूलो शक्ति बन्न कसैले रोक्न सक्दैन, रोक्न दिइन्न।’

एकता सभालाई सम्बोधन गर्दै उनले वैकल्पिक राजनीतिको सुरुवात गर्ने उज्ज्वल थापालाई सम्झिए। वैकिल्पक राजनीतिमा लाग्ने सबैले उज्ज्वल थापाको नाम भुल्नै नहुने उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad