सुदूरपश्चिम


बैतडीमा जिप सडकबाट खस्दा २ जनाको मृत्यु, ६ यात्रु घाइते

बैतडीमा जिप सडकबाट खस्दा २ जनाको मृत्यु, ६ यात्रु घाइते

शनिबार बिहान बैतडीमा सडकबाट खसेको जिप।


गोकुल जोशी
असार २८, २०८२ शनिबार ८:४८, कञ्ञ्चनपुर

बैतडीको पाटन नगरपालिका–६ खिपाली मोडमा आज शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ६ व्यक्ति घाइते भएका छन्।

बिहान ६ बजेतिर धनगढीबाट दार्चुलातर्फ गइरहेको सुप–प्र ०१००१ ज १३७२ नम्बरको जिप सडकबाट खसेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका डिलासैनी गाउँपालिका–१ नगराउका २४ वर्षीय जिप चालक सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा डिलासैनी गाउँपालिका–१ का ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीया कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट घाइते भएका छन्। 

तीमध्ये कमला धामी र राजेन्द्र खत्रीको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। अन्य सामान्य घाइते भएका ४ जना डिस्चार्ज भइसकेका छन्।

जिप सडकबाट झन्डै ७० मिटर तल खसेको थियो। दुर्घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad