सुदूरपश्चिम


कञ्चनपुरमा प्रहरीले खेले सामूहिक होली

कञ्चनपुरमा प्रहरीले खेले सामूहिक होली

गोकुल जोशी
चैत १, २०८१ शुक्रबार १२:२४, कञ्चनपुर

अधिकांशले उस्तै ट्र्याक लगाएका छन्। सबै अबिरले रंगिएका। अनुहारभरि रंगैरंग। गोलो घेरामा छन्।

एक जना बीचमा ढोलक बजाइरहेका, अर्का गीत गाइरहेका। गोलो घेरामा रहेका अरू सोही गीतको भाकालाई पछ्याउँदै दोहोर्‍याएर गाउँदै छन्।

यो कञ्चनपुरको भीमदत्त नगरपालिका-४, महेन्द्रनगर मदन चोकमा देखिएको प्रहरीको होलीको दृश्य हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारका चोक चोकमा सचेतनामूलक होली खेलिरहेको छ।

होलीमा प्रहरी जवानदेखि प्रहरी उपरीक्षक (एसपी) सम्म झुमेका छन्।

गाउँ-सहरमा होलीको उल्लास छ। घरबाट टाढा रहेकाहरू पनि होलीका लागि गाउँ फर्किएका छन्। 

बिदा नपाएका प्रहरी कर्मचारीलाई मनोरञ्जनका साथै होलीमा हुने विकृति-विसंगतिविरुद्ध सचेतना फैलाउने उद्देश्यका साथ होली खेलिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए। 

‘होलीमा हुने सामाजिक विकृति, विसंगतिलाई रोक्न सन्देश दिने उद्देश्यले होली आयोजना गरेका हौँ,’ उनले भने। जिल्ला प्रहरी कार्यालयले सामुदायिक प्रहरी साझेदारीसंग समन्वय गरेर होली आयोजना गरिएको हो।

ट्राफिक नियम पालना, अपराध तथा सभ्य तरिकाले होली मनाउन आग्रहसहितका सचेतामूलक गीत गाउँदै प्रहरीले बजारका मुख्य चोकहरूमा होली खेलेका छन्। 

होलीलाई सभ्य तरिकाले मनाउन आग्रह गर्दै प्रहरीसँग समन्वय गरेर होली आयोजना गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष भोजराज भट्टले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad