कारोबार


सेयर लगानीकर्ता नआएपछि सिन्धु विकास बैंकले दोस्रो पटक बोलायो साधारणसभा

सेयर लगानीकर्ता नआएपछि सिन्धु विकास बैंकले दोस्रो पटक बोलायो साधारणसभा

नेपालखबर
चैत १, २०८१ शुक्रबार १२:२६, काठमाडौँ

सिन्धु विकास बैंकले आगामी चैत ८ गते साधारणसभा गर्ने भएको छ।

यसअघि फागुन २८ गते बसेको साधारणसभामा गणपूरक संख्या पुगेको थिएन।  

सेयरधनी लगानीकर्ता उपस्थित नभएपछि साधारणसभा अर्को मितिमा सारिएको हो।

कम्पनीले गत वर्ष पनि साधारणसभा गरेको थिएन। १४औँ र १५औँ साधारणसभा एकै दिन गर्ने गरी निर्णय गरे पनि सभामा लगानीकर्ता आएनन्।

लगानीकर्ता नआएपछि बैंकको ४५३ औँ सञ्चालक समितिको बैठक बसेर फेरि चैत ८ गते साधारणसभा बोलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad