बझाङको सदरमुकाम चैनपुरमा सोमबार मध्यराति एकै परिवारका ३ जनालाई चक्कु प्रहार भएको छ।
सुर्मा गाउँपालिका–३ घर भई चैनपुरमा डेरा गरी बस्ने परिवारका ३ सदस्यलाई चक्कुले हानिएको हो।
चक्कु प्रहार गर्नेको पहिचान खुलेको छैन। उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार गएराति सुनिता विक र उनका दुई छोरा आदित्य र यवनलाई चक्कुले हानिएको हो।
श्रीमान् कमल विक घरबाहिर रहेको मौका छोपी सुनिता र दुई छोरालाई चक्कुले हानिएको हो।
भान्सामा तरकारी काट्ने चक्कुले उनीहरूलाई आक्रमण गरिएको प्रहरीले जनाएको छ।
घाइते तीन जनाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
120
Shares
प्रतिक्रिया