पाल्पाको माथागढीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।
गएराति माथागढी गाउँपालिका- २ मा लु ४ त ६६३२ नम्बरको मालवाहक ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा माथागढी गाउँपालिका- २ घर भएका ३८ वर्षीय बेदप्रसाद भुसालको मृत्यु भएको छ।
दुर्घटनाका घाइते सबैको लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।
21
Shares
प्रतिक्रिया